राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले एक पटक हार्दैमा आफ्नो यात्रा र गति नरोकिने बताएका छन्।
मंगलबार साँझ ट्वीटरमा दौडिरहेको भिडिओ राख्दै थापाले यस्तो बताएका हुन्।
उनले आफ्नो यात्रा जारी रहेको ट्वीटरमा उल्लेख गरेका छन्।
थापा हालै सम्पन्न राप्रपाको एकता महाधिवेशनमा समकक्षी नेता राजेन्द्र लिङ्देनसँग दुई सय मतले पराजित भएका थिए।
थापाले उक्त हार स्वीकार गर्ने बताए पनि निर्वाचनमा पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवासले हस्तक्षेप गरेर आफ्नो राजनीतिक जीवन समाप्त पार्न खोजेको बताइरहेका छन्।
थापा पूर्वफुटबलर र टेबलटेनिस खेलाडी पनि हुन्। थापा लामो समयदेखि राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्रको एजेन्डा लिएर राप्रपा राजनीतिमा छन्।