जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवले राजनीतिक दलहरूले सिण्डिकेट लाद्न खोज्दा बालेन र हर्कहरूको उदय भएको बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद यादवले काठमाडौं र धरानमा स्वतन्त्र उम्मेदवारको विजयलाई चानचुने नठान्न आग्रह गरे।
'३१ वर्षको ठिटोले काठमाडौं जितेको छ। धरानमा हर्क साम्पाङ अनि धनगढीमा जसरी गोपाल हमालले जितेका छन्। यो सामान्य विषय होइन,'उनले भने,'हाम्रा पार्टीका नेताहरू दलपति बनेर जसरी अपारदर्शी ढंगले काम गरेका छन्। जे गर्दा पनि मान्छन् भन्ने मानसिकता लिएका छन्। त्यसकै विद्रोह हो।'
दलपतिको अपारदर्शी र जनमतप्रतिको बर्खिलाप भएको विरूद्धको विद्रोहलाई नचेतेमा पार्टीलाई हानी गर्ने उनको चेतावनी छ।
पार्टीमा भइरको सिण्डिकेटको समेत विद्रोह रहेको उनले बताए।