विवेकशील साझा पार्टीले मंसि ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिने प्रयोजनका लागि मंगलबार निर्वाचन आयोगमा दल दर्ता गरेको छ।
अध्यक्ष समीक्षा बाँस्कोटा, संयोजक सञ्जीववल्लभ भट्टराई, संस्थापक नेता प्रकाशचन्द्र परियार, कार्यालय व्यवस्थापन उपप्रमुख नवराज थापासहित नेताहरू दल दर्ताका लागि आयोग गएका हुन्।
आइतबार विवेकशील साझाले अध्यक्षमा बाँस्कोटा र संयोजकमा भट्टराईलाई चयन गरेको थियो।
अध्यक्षबाट रवीन्द्र मिश्रले दिएको राजीनामा पनि स्वीकृत भएको थियो।