राष्ट्रपति विद्यादेवी भण्डारीले २ वटा विधेयक प्रमाणीकरण गरेकी छन्।
संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएका निम्न विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।
प्रमाणीकरण गरेका विधेयकहरू
१ शहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यावस्था गर्न बनेको विधेयक
२ कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक