सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक सुरू भएको छ।
शनिबार दिउँसो पार्टीको केन्द्रीय कार्यालय पेरिडाँडामा बैठक सुरू भएको हो।
बैठकमा राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुन: गृह मन्त्रालय दिने वा नदिने र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।
साथै केन्द्रीय विभाग बाँडफाँटको टुंगो लगाउने पनि बैठकको एजेन्डा छ।
प्रकाशित मिति: शनिबार, माघ २१, २०७९, १४:२८:००