कास्की र मनाङमा गरी शनिबार दुई पर्यटकको मृत्यु भएको छ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका–६ लेकसाइडको स्ट्रेट नं २ स्थित लक्की सेभेन गेष्ट हाउसमा बस्दै आएका जर्मन नागरिक ७६ वर्षीय कार्ल हेञ्ज सिकेल र मनाङको ङिस्याङ गाउँपालिका–७ टङ्कीमा थ्रोङला पासको क्रममा अमेरिकन नागरिक (पासपोर्ट नं ६४६०२७४५) ६५ वर्षीय स्टेफन भागन स्मिथ रहेको प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए।
जर्मन नागरिक सिकेल बिहान अबेरसम्म नउठेपछि होटलका मालिक निजको कोठामा गई हेर्दा मृत अवस्थामा फेला परेको थियो भने अमेरिकन नागरिक स्मिथको हृदयघातका कारण मृत्यु भएको र दुवै घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।