बाजुरामा पहिरोमा परेर एक बालकको मृत्यु भएको छ। गएराति ८ बजे पहिरो खस्दा गौमूल गाउँपालिका वडा नम्वर ४ का १२ वर्षीय अनिल विकको मृत्यु भएको हो।
उक्त पहिरोमा मृतक बालकका ६० वर्षीय हजुरबुबा भिके कामी घाइते भएका छन्। घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।
उनीहरु घरबाट डाँडाबाडा भन्ने ठाउँमा गएका थिए। राति सुतिरहेको अवस्थामा माथिबाट पहिरो आएपछि हजुरबा घाइते भए भने, नाति पुरिएका थिए।
घटनापछि प्रहरी टोलीले उद्धार गरेर विहान मृतक बालकको शव फेला परेको बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले जानकारी दिए। पहीरोमा लत्ताकपडा, १० हजार रुपैयाँ सहित चार बाख्रा र एक गोरु पुरिएका छन्।