कर्णाली प्रदेशमा आइतबार ९ जना कोरोना संक्रमित थपिएका छन्।
प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा रहेको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा ९ जनालाई कोरोना पोजेटिभ देखिएको हो।
सुर्खेतका २, दैलेखका १, जुम्लाका ४ जना र कालिकोटका २ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाकी १ महिला, गुर्भाकोट नगरपालिकाका १ पुरुषमा कोरोना पुष्टि भएको महाशाखाले जनाएको छ। दैलेखको महाबु गाउँपालिकाका १ पुरुष, कालिकोटको शुभकालिका गाउँपालिकाका १६ वर्षीय किशाेर र पचालझरना गाउँपालिकाका ६ महिने शिशुमा पनि कोरोना पुष्टि भएको महाशाखाले जनाएको छ।
यस्तै जुम्लाको चन्दननाथ गाउँपालिकाका १ जना पुरुष, २ जना महिला, तिला गाउँपालिकाका १ जना महिलामा कोरोना पुष्टि भएको छ।
योसँगै कर्णाली प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार ९७९ पुगेको छ। जसमध्ये १ हजार ८८० जना निको भई घर फर्किएका छन् भने ९३ जना विभिन्न अस्पताल तथा आइसोलेशनमा छन्।