सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका महासचिव बिष्णु पौडेलका सुरक्षा गार्ड (पिएसओ) लाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
कोरोना परीक्षणका लागि पौडेल, उनका ड्राइभर र पिएसओको गत शुक्रबार स्वाब संकलन गरिएको थियो।
पौडेल र ड्राइभरको रिपोर्ट भने नेगेटिभ आएको पौडेलनिकट स्रोतले जानकारी दिएको छ।
पिएसओमा कोरोना संक्रमण पुष्टि भएपछि महासचिव पौडेल आइसोलेसनमा बसेका छन्।