बाँकेमा कोरोनाभाइरसका कारण एक महिलाको मृत्यु भएको छ।
कोहलपुर नगरपालिका- २ की ७० वर्षीया एक महिलाको उपचारका क्रममा मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए।
कोहलपुर मेडिकल कलेजमा आइतबार दिउँसो ३ बजे ती महिलाको मृत्यु भएको थियो।
उनलाई निमोनियाको लक्षण देखिएको हुँदा केही दिन पहिले नै अस्पताल भर्ना गरिएको थियो।
‘उहाँको स्वाब संकलन पनि यसअघि नै भइसकेको थयो,’ प्रअिज कुरुम्वाङले भने ‘आज आएको रिपोर्टको नतिजा पनि पोजेटिभ देखियो।’
सुरूदेखि नै ती महिलामा कोरोना भाइरसको स्पष्ट लक्षण देखिएको हुँदा अस्पतालमा समेत आइसोलेट गरी राखिएको उनले जानकारी दिए।