काठमाडौं उपत्यकामा थप ७ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शनिबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा ७ सय ११ जनामा कोरोना संक्रमण देखिएको हो।
त्यसमध्ये काठमाडौंका ५ सय ७०, ललितपुरका ५८ जना र भक्तपुरका ८३ जना छन्।
पछिल्लो २४ घण्टामा नेपालमा थप १२०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
आजमात्रै १४४७ जना निको भई घर फर्किसकेका छन् भने थप ११ जनाले ज्यान गुमाएका छन्।