अछाममा एक किशोरीलाई बलात्कार गरी फरार रहेका एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा दैलेखको आठबिसे नगरपालिका–२ सिस्नेका २८ वर्षीय लोकेन्द्रबहादुर शाही रहेका छन्।
उनी अछामको तुर्माखाद गाउँपालिका -३ की १६ वर्षीया किशोरीलाई भदौ ३ गते जबरजस्ती करणी गरेको आरोप लागेपछि फरार रहेका थिए।
फरार रहेका उनलाई प्रहरीले शनिबार उनकै घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले बताए।
पक्राउ परेका उनलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको थापाले बताए।