नारायणगढ–मुग्लिन सडकखण्डको पाँचकिलो भन्ने स्थानमा मोटरसाइकल दुर्घटना हुँदा सवार एक व्यक्तिको मृत्यु भएको छ।
इच्छाकामना गाउँपालिका–६ मा पर्ने उक्त स्थानमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग ५ प ५०६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलमा पछाडि बसेका गोरखा शहिदलखन गाउँपालिका–५ का ४५ वर्षीय सुनबहादुर थापा मगरको मृत्यु भएको चितवन प्रहरीका प्रबक्ता सूर्यबहादुर थापाले जानकारी दिए। उनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।
घाइते मोटरसाइकलका चालक सोही स्थानका १८ वर्षीय करण आले मगरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था पनि गम्भीर रहेको छ।