दाङमा पाँच किलो प्रतिबन्धित लागुऔषध अफिमसहित श्रीमान्-श्रीमती पक्राउ परेका छन्।
रोल्पा जिल्लाको साबिक थवाङ गाविस वडा नं. ५ का ४६ वर्षीय कर्मकुमार बुढा र उनकी ४६ वर्षीया श्रीमती राजकुमारी रोका अफिमसहित पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिए।
शुक्रबार पौने ८ बजेतिर जिल्लाबाट खटिएको प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गुम्राहचोकवाट उनीहरूलाई पक्राउ गरेको खड्काले बताए।
विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको उनले बताए। पक्राउ परेकाविरूद्ध लागुऔषध ओसारपसार तथा बिक्री वितरण ऐन अनुसार मुद्दा दर्ता गरी अनुसन्धान थालिएको डिएसपी खड्काकाले जानकारी दिए।