काठमाडौं उपत्यकामा थप १ हजार ७ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा थप हजार सय जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिए।
त्यसमध्ये काठमाडौंका १ हजार ४ सय ३१ जना, भक्तपुरका १४८ जना र ललितपुरका १२३ सय जना छन्।
उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।
आज देशभर थप ३ हजार ९३ कोरोना संक्रमित थपिएका छन् भने २१०८ जना निको भएर घर फर्किएका छन्।
पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ७६५ पुगेको छ।