कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका वीर अस्पतालका स्वास्थ्यकर्मी (प्यारामेडिक्स) कालु सिंहको मुटु समस्याका कारण मृत्यु भएको छ।
अस्पतालको कार्डियोलोजी डिपार्टमेन्टको ओपिडीमा काम गर्ने सिंह दुई साताअघि कोरोना मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका थिए। कोरोना संक्रमणका कारण सिंहको एक महिनासम्म वीर अस्पतालमा उपचार भएको थियो।
'उहाँको पहिल्यैदेखि समस्या थियो।हिजो अलि समस्या भएर इमर्जेन्सीमा ल्याइएको रहेछ। उपचारको क्रममा निधन भएको हो,' वीर अस्पतालका निर्देशक डा केदार सेञ्चुरीले सेतोपाटीसँग भने,'उहाँलाई पहिल्यैदेखि मुटुको समस्या थियो।मुटुको भल्भ दुई पटक फेरेको हो। उहाँलाई कोभिड भएको तर कोभिड बिल्कुलै ठिक भएको थियो।'
पहिला पनि मुटुको समस्याको कारणले अस्पतालमा भर्ना हुने र उपचार गरेर फर्किने गरेको निर्देशक सेञ्चुरीले बताए।