प्रहरीले पर्साबाट एक जनालाई हतियारसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाही बलाहा नगरपालिका-१० का ४९ वर्षीय जितेन्द्रप्रसाद सिंह छन्।
सिंहलाई मंगलबार साँझ मेड इन इन्डिया लेखिएको पेस्तोलसहित वीरगन्ज-११ बाट पक्राउ गरिएको प्रहरी उपरीक्षक गंगा पन्तले बताइन्।
उनका अनुसार पक्राउ परेका सिंहबाट पेस्तोलसहित त्यसमा लाग्ने चार राउन्ड गोली र एक थान म्यागजिन बरामद भएको छ।
सिंहले मानिसलाई बेहोस बनाउने एक बोतल औषधीसहित पक्राउ गरिएको पन्तले बताइन्। सिंहमाथि प्रहरीले अनुसन्धान थालेको पन्तले बताइन्।