सडक स्तरउन्नतीको काम गर्न भोलि बिहीबारदेखि मंसिर १५ गतेसम्म बेशीसहर-चामे सडकखण्ड बन्द गरिने भएको छ।
उक्त सडकखण्डको दानाक्यूदेखि तिमाङसम्मको सडक ढलान सडक डिभिजन कार्यालय दमौलीले गर्न लागेको छ।
मनाङको चामे गाउँपालिकाले निकालेको सूचनाअनुसार मंसिर ११ देखि १५ गतेसम्म यातायातका साधन बन्द हुनेछ।
सडक बन्द हुँदा यात्रु, सवारी धनी, पर्यटकलगायतमा पर्न जाने असुविधाप्रति गाउँपालिकाले क्षमा मागेको छ।