रुकुम पश्चिममा जीप दूर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।
दुर्घटनाका घाइते आठबिसकोट नगरपालिका वडा नं. ८ का ५८ वर्षीय लालबहादुर सार्कीको मृत्यु भएको छ। उनलाई उपचारका लागि नेपालगञ्ज तर्फ लैजाने क्रममा जाजरकोटमा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता हरि वलीले जानकारी दिए।
त्यसअघि घटनास्थलमै चार जनाको मृत्यु भएको थियो।
दुर्घटनामा परि घटनास्थलमै आठबिसकोट-८ का गोरे नेपाली, सार्के नेपाली, आइते चदारा र कलिभान नेपालीको मृत्यु भएको थियो।
शुक्रबार बेलुका साढे ८ बजेतिर भएको आठबिसकोट नगरपालिका वडा नं. ७ मा आठबिसकोट वडा नं १० को घारीखोलामा जन्ती गएर घर फर्किरहेका मानिसहरू सवार रा १ ज ५८९ नम्बर जीप भिरबाट खसेको प्रहरी प्रवक्ता वलीले बताए ।
‘मानिस झार्नलाई साइड लगाउने क्रममा जीप झन्डै एक सय मिटर तल खसेको छ,’ प्रवक्ता वलीले भने, जीपको अगाडि बसेका अन्य मानिसहरू ढोका खोली हाम फालेर ज्यान जोगाएका रहेछन्।’
पछाडि बस्नेहरूले हाम फाल्ने ढोका नपाएको हुँदा उनीहरू भाग्न नपाएको र सँगै जीपसँग तल खसेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता वलीले जानकारी दिए।
फरार जीप चालक डिल्लीबहादुर नेपाली शुक्रबार बिहान सम्पर्कमा आएको प्रहरीले जनाएको छ।