मोरङको रंगेली नगरपालिकाले नगरमा अपाङ्गता भएका विद्यार्थीलाई स्वेटर वितरण गरेको छ।
२९ औं अन्तर्राष्ट्रिय अपांग दिवसको अवसरमा बिहिबार नगरपालिकामा बिहिबार आयोजित कार्यक्रममा नगरभित्रका विभिन्न अपाङ्गता भएका ६६ विद्यार्थीलाई नगर उपप्रमुख केशवकुमारी खरालले स्वेटर वितरण गरेकी हुन्।
कार्यक्रममा उप प्रमुख केशब कुमारी खराल, प्रसाशकीय अधिकृत टोमप्रसाद सुवेदी , शिक्षा शाखाका प्रमुख रविन्द्र कुमार पण्डित, स्वास्थ्य शाखाका प्रमुख ब्रजेश मेहेता, भुपेन्द्र मण्डल, लुथरन सामाजिक कल्याण समाजका कार्यक्रम अधिकृत सुजित सोरेन, अनुगमन तथा मूल्यांकन अधिकृत सुमन राई, स्थानीय गायत्री गौतम, दिवाकर राजबंशीलगायतको उपस्थिति थियो।