झापाबाट लागुऔषधसहित सोमबार दिउँसो प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार बुद्धशान्ति गाउँपालिका-४ किराँत चोकबाट ६ ग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित सोही ठाउँका २२ वर्षीय प्रवेश माझी पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ब्राउनसुगरसहित उनलाई पक्राउ गरेको हो।
यसैगरी, मेचीनगर नगरपालिका-६ गैरीगाउँबाट नियन्त्रित लागुऔषध ३० सिसी लुपिजेसिक, ३० सिसी डाइजेपाम र ३० सिसी प्रोमोथाइजिनसहित दमक नगरपालिका-५ का १५ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेकाउपर जिल्ला अदालत झापाबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।