एकल महिला समूहले पाँच अस्पतालका कोभिड वार्डमा खटिएका स्वास्थ्यकर्मी, कर्मचारीलाई नि:शुल्क खाना खुवाएको छ।
समूहले काठमाडौंस्थित वीर अस्पताल, कान्तीबाल अस्पताल, प्रसूति गृह, ओम अस्पताल, स्वास्थ्य चौकी लगायतका विभिन्न अस्पतालको कोभिड वार्डमा खटिएका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिएका सहयोगी कर्मचारीलाई खाना खुवाउने व्यवस्था गरेको हो।
समूहले गत वैशाख २६ गतेदेखि सेवा दिँदै आइरहेको छ।