पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५९८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३९१, ललितपुरमा १३० र भक्तपुरमा ७७ जनामा कोरोना पोजेटिभ देखिएको हो।
यो सँगै काठमाडौं उपत्यकामा कोरोनाका सक्रिय संक्रमित १५ हजार ६ सय ८३ जना छन्। जसमध्ये काठमाडौंमा ९२२९, ललितपुरमा ३७४४ र भक्तपुरमा २७१० जना कोरोना संक्रमित विभिन्न अस्पताल र होम आइसोलेसनमा उपचाररत छन्।
हालसम्म काठमाडौं उपत्यकामा २५९३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। जसमध्ये काठमाडौंमा १७३३, ललितपुर ५०७ र भक्तपुरमा ३५० जनाको ज्यान गइसकेको छ।
नेपालमा पछिल्लो २४ घन्टामा ३३८४ जना कोरोना संक्रमित थपिएका छन्। यस्तै ६ हजार २९५ जनाले कोरोना भाइरस (कोभिड-१९) संक्रमण जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या पाँच लाख २७ हजार १११ पुगेको छ।
मन्त्रालयका अनुसार २४ घण्टामा ८ हजार ५०६ जनाको पीसीआर र पाँच हजार ९८८ जनाको एन्टिजेन परीक्षण गर्दा तीन हजार ३८४ जनामा संक्रमण पुष्टि भएको हो।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या पीसीआर विधिबाट ६ लाख ६७ हजार ७८ र एन्टिजेन परीक्षणबाट १९ हजार ७५७ जनामा संक्रमण पुष्टि भएको छ।
२४ घण्टामा ६१ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ८ हजार ३६६ पुगेको छ।