निर्माणाधिन सडक भाँसिदा पूर्वपश्चिम राजमार्गको बुटवल-बर्दघाट सडकखण्ड अवरूद्ध भएको छ।
बुटवल र देवदह बीचमा पर्ने जंगल क्षेत्रमा निर्माणाधिन सडकमा कल्भर्ट निर्माणको लागि बनाईएको कजवे भासिएपछि आवतजावत बन्द भएको प्रहरीले जनाएको छ।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार कल्भर्ट निर्माणको लागि खनिएको सडक भासिएको हो।
कल्भर्ट निर्माणको लागि खनिएको सडक सोमबारदेखि लगातार परेको वर्षाको कारण भासिएको उनले बताए। यस्तै लगातारको वर्षाको कारण सिद्धार्थ राजमार्गको बुटवल तानसेन खण्डको डुम्रे नजिकै पनि पहिरो खसेको प्रहरीले जनाएको छ।