काठमाडौं उपत्यकामा थप ५ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ५ सय ८ जनामा संक्रमण पुष्टि भएको हो।
त्यसमध्ये काठमाडौंका ३९४ जना, ललितपुरका ६० जना र भक्तपुरका ५४ जना छन्।
अहिले काठमाडौंका मात्रै ६ हजार ७३५, ललितपुरका २ हजार ९८३ र भक्तपुरका २ हजार २५० जना सक्रिय संक्रमित छन्।
आज देशभर २ हजार ७६८ संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा कुल १३ हजार ३७ जनामा परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।
यो अवधिमा ४ हजार २० जना निको भएका छन्। निको हुनेको दर ८९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। यस अवधिमा थप ४४ जनाको मृत्यु भएको छ।