एटिएम चोडफोड गरी नगद चोरी गर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कञ्चनपुर बेलौरी नगरपालिका-२ दैजीका १९ वर्षीय नरेन्द्रसिंह ठकुल्ला रहेका छन्।
भफमदत्त नगरपालिका-४ स्थित एनआइसी एसिया बैंकको एटिएम तोडफोड गरेको आरोपमा उनलाई पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ।
एटिएममा जडान गरिएको सिसी क्यामराको सहायतामा उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए।
एटिएम मेसिनमा पैसा नभएका कारण नगद भने चोरी हुन नपाएको प्रहरीले जनाएको छ।