काठमाडौं उपत्यकामा थप ७ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीका अनुसार काठमाडौं उपत्यकामा थप ७ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
जसमध्ये काठमाडौंका ४७५ जना, ललितपुरका १६७ जना र भक्तपुरका १३२ जना छन्।
काठमाडौं उपत्यकामा अहिले आठ हजार ३९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
काठमाडौंमा मात्रै ५ हजार ८५६, ललितपुरमा १ हजार २१७ र भक्तपुरमा ९ सय ६६ जना सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ८९९ जना कोरोना संक्रमित थपिएका छन्। १७ हजार ५१८ जनामा कोरोना भाइरसको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
त्यस्तै, यसको संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ भने १७७५ जना संक्रमित निको भएका छन्।
अहिलेसम्म यसको संक्रमणबाट ९७५८ जनाले ज्यान गुमाएका छन्।