काठमाडौंको जोरपाटीबाट जुवा खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन्।
मंगलबार दिउँसो प्रहरीले विशेष सूचनाको आधारमा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका घर भई जोरपाटी डेरा गरी बस्ने ४६ वर्षीय प्रेम लामाको कोठाबाट १० जनालाई पक्राउ गरेको हो।
उनीहरूबाट एक लाख ९७ हजार ५ सय रूपैयाँ प्रहरीले बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।
उनीहरूमाथि प्रहरीले थप अनुसन्धान र कारबाही गर्न महानगरीय प्रहरी वृत्त बौद्धमा बुझाएको छ।