मंगलबार काठमाडौं उपत्यकामा थप ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ६१३, ललितपुरमा १७७ र भक्तपुरमा ११४ जना संक्रमित थपिएका हुन्।
मन्त्रालयका अनुसार हाल उपत्यकामा ९ हजार ११५ संक्रमित सक्रिय छन्। जसमा काठमाडौं जिल्लामा ६ हजार ४२३, भक्तपुरमा १ हजार १४८ र ललितपुरमा १ हजार ५४४ जना सक्रिय संक्रमित छन्।
हालसम्म काठमाडौं जिल्लामा कोरोनाबाट १ हजार ९७२ जनाले ज्यान गुमाएका छन्। त्यस्तै भक्तपुरमा ३९१ र ललितपुरमा ५९७ जनाको मृत्यु पुष्टि भएको छ।
मुलुकभर पछिल्लो २४ घण्टामा १० हजार ६३८ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ४४८ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ६ हजार ८० परीक्षण गर्दा ९३५ मा संक्रमण देखिएको छ।