प्रहरीले झापाबाट लागुऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गौरादह नगरपालिका- १ का ३७ वर्षीय कृष्णकुमार ताजपुरिया छन्।
उनीहरू दुबैको साथबाट ६ ग्राम ब्राउनसुगर फेला परेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
प्रहरीले गौरादह बजारबाट सुरूमा ताजपुरियालाई पक्राउ गरेको थियो। उनको साथबाट ६ ग्राम ब्राउनसुगर फेला परेको थियो। ताजपुरियालाई पक्राउ गर्दा उनले गौरादह-२ का २९ वर्षीय सुमनकुमार कार्कीबाट किनेको हो भनेपछि प्रहरी उनको कोठामा पुगेको थियो।
उनको कोठाबाट ३० ग्राम ब्राउनसुगर फेला परेको इलाका प्रहरी दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए।
तर, कार्की भने प्रहरी पुग्दा भागिसकेका थिए। उनको खोजी भइरहेको कार्कीले बताए।