बाल यौन दुराचार गरेको अभियोगमा रामेछाप प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुनपाती गाउँपालिका-२ का १८ वर्षीय राजकुमार रायमाझी छन्।
विभिन्न प्रलोभन देखाएर एक छात्रालाई यौन दुराचार गरेको आरोपमा प्रहरीले रायमाझीलाई पक्राउ गरेको हो।
रामेछाप प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुंगानाका अनुसार रायमाझीले आफ्नो कोठामा लगेर ती बालिकालाई यौन दुराचार गरेको आरोप लागेको छ।
रायमाझीलाई साँदिडाँडाबाट काठमाडौं जाँदै गरेको अवस्थामा सोमबार पक्राउ गरिएको ढुंगानाले बताए।
रायमाझीलाई उक्त आरोपमाथि अनुसन्धानका लागि जिल्ला अदालतको अनुमति लिई अनुसन्धान थालिएको ढुंगानाले बताए।