नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी र चिनियाँ राजदूत होउ यान्छीले दसैं मनाएका छन्।
उनीहरू दुवैले विजया दशमीको टीका लगाएको र लगाइदिँदै गरेका तस्बिरहरू सामाजिक सञ्जालमा राखेका छन्।
अमेरिकी राजदूत बेरीले दसैं मनाएका तस्बिरहरू नेपालको अमेरिकी दूतावासको सामाजिक सञ्जालमा छन्।
बेरीले परिवार र साथीसंगीसँग दसैंका तस्बिर राख्दै लेखिएको छ- तपाईंको दसैंवाला फ्यामिली फोटो एल्बम कस्तो देखिन्छ? राजदूत बेरी, युएसएड मिसनका निर्देशक र परिवारका सदस्यहरूको भने यस्तो देखिन्छ।
त्यस्तै चिनियाँ राजदूत यान्छीले पनि आफ्नो ट्विटर अकाउन्टमा दसैंका तस्बिरहरू पोस्ट गरेकी छन्।
उनले लेखेकी छन्- मेरा नेपाली सहकर्मीहरूसँग दसैं मनाउन पाएकोमा खुसी छु। सबै नेपाली साथीहरूलाई सुस्वास्थ्य र उन्नतिको लागि मंगलमय शुभकामना व्यक्त गर्छु।
सबै तस्बिर स्रोतः अमेरिकी दूतावास र यान्छीको सामाजिक सञ्जाल