सुदूरपश्चिममा बाढीमा फसेकाहरूकाे उद्धार गर्न आएको हेलिकप्टर धनगढी विमानस्थलमै अवतरण गरेको छ।
खराब माैसमका कारण कञ्चनपुर, बैतडी र कैलालीका विभिन्न स्थानमा नदीमा फसेकाकाे उद्धार गर्न सकिएको छैन।
अहिलेसम्म बैतडीका ६०, कञ्चनपुरका ५ र कैलालीका २ जना उद्धारकाे पर्खाइमा छन्।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जाेशीका अनुसार भिजिविलिटी कम भएकोले उद्धारमा असहज भएकाे हाे।
उनले माैसम सुधार हुनासाथ हेलिकप्टर कञ्चनपुरका ५ जनाकाे उद्धार गर्न जाने बताए।