रूकुम पश्चिममा ज्येष्ठ नागरिकलाई जाडोबाट जोगाउन भन्दै न्यानो कपडा वितरण अभियान थालिएको छ।
मुसिकोट नगरपालिकाले १४ वटै वडाका ज्येष्ठ नागरिकलाई संघ-संस्थाको सहयोगमा न्यानो कपडा (ज्याकेट) वितरण अभियान सुरू गरेको हो।
नगरका ६० वर्ष माथिका दलित र ७० वर्ष माथिका जेष्ठ नागरिकलाई जाडोबाट जोगाउन न्यानो ज्याकेट वितरण सुरू गरिएको मुसिकोट नगरपालिकाका प्रमुख देविलाल गौतमले जानकारी दिए।
एसपिसी क्यानडाको सहयोगमा मुसिकोट नगरपालिका र नेपाल ख्रिष्टिय राहत सेवा ललितपुरले संयुक्त रूपमा जेष्ठ न्यानो कपडा वितरण सुरू गरेको उनले बताए।
नेपाल ख्रिष्टिय राहत सेवा ललितपुरका कोषाध्यक्ष मुकुन्द कुमार शर्माले एक हजार ५ सय भन्दा बढी जेष्ठ नागरिक मध्य मुसिकोट नगरपालिकामा सोमबारसम्म ६ सय ५३ जनालाई वितरण गरिएको जानकारी दिए। बाँकीलाई यो हप्ताभित्रै नगरपालिका अन्तर्गतका वडा कार्यालयबाटै वितरण गरिने उनले जानकारी दिए।