काठमाडौं उपत्यकामा १०० संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६४, ललितपुरमा २८ र भक्तपुरमा ८ संक्रमित छन्।
यस्तै काठमाडौं उपत्यकामा १६८३ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ६२३, भक्तपुरमा ४८१ र ललितपुरमा ५७९ सक्रिय संक्रमित छन्।
नेपालमा थप २११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा ९ हजार ४५१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
८ हजार १८ जनाको पिसिआर परीक्षण र १४३३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
नेपालमा हाल ६ हजार १०५ जना सक्रिय संक्रमित छन्।
३२९ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.८ प्रतिशत छ।
यसको संक्रमणबाट २ को मृत्यु भएको छ।