नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात् योमरी पूर्णिमा र ज्यापु आज मुलुकभर उल्लासका साथ मनाईदैछ। हरेक वर्ष धान्य पूर्णिमाको दिनमा काठमाडौं उपत्यका र आसपासका नेवार समुदायले योमरी पुन्हिः मनाउँछन् ।
यस्तै आजकै दिनलाई काठमाडौंका नेवार समुदायले ज्यापू दिवसको रूपमासमेत मनाउने गरेका छन्।
काठमाडौंको बसन्तपुरमा शनिबार नेवार समुदायले यःमरी पुन्हि तथा ज्यापु दिवसको र्याली निकालेर मनाए। कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसहित विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
नेपाल भाषामा ‘ज्या’ भनेको काम र ‘पू’ भनेको बीउ हो । निरन्तर खेती किसानीमा संलग्न हुने मिहिनेती र पौरखको रीत र परम्परा नै ज्यापु संस्कृति हो। नेवारी समूदायको समेत मूल संस्कृतिको रुपमा रहेको यसको संरक्षणका लागि सरकारले ज्यापु दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिई यस दिन काठमाडौं उपत्यकामा सार्वजनिक विदा समेत दिँदै आएको छ।
विक्रम संवत २०६१ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले यसलाई राष्ट्रिय दिवसको मान्यता दिएको हो । हाल मुलुकभर ज्यापु समूदायका करिव ६ लाख नागरिक छन्।
हेर्नुहोस् तस्बिरमा



.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)