उदयपुरमा बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
सोमबार दिउँसो अपराह्न ५ बजे कटारी नगरपालिका-८ बिजुलेस्थित सिद्धिचरण राजमार्गमा बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए।
पाँच जना घाइते समेत भएका छन्।
कटारीबाट मरूवा जाँदै गरेको बा १० च ४१८८ नम्बरको गाडी आफैं अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनाबाट कटारी नगरपालिका-८ पाखाटोल बस्ने ३८ वर्षीय बिक्रम रानामगरको मृत्यु भएको हो।
घाइते भएका रानामगरलाई सुरूमा कटारी अस्पताल लगिएको थियो। त्यहीँ उनको उपचारको क्रममा मृत्यु भएको हो।
पट्नाभञ्ज्याङ बस्ने ३० वर्षीया दिलमाया मगर, १७ वर्षीय मनोज खड्का, ७ वर्षीय दिवस श्रेष्ठ, ४८ वर्षीय बुद्धमाया र ३६ वर्षीय बेदकुमारी थापा मगर घाइते छन्।
उनीहरूको कटारी अस्पतालमा उपचार भइरहेको छ।
बोलेरो गाडीका चालक कटारी नगरपालिका-८ बस्ने २६ वर्षीय प्रेमबहादुर श्रेष्ठ फरार छन्।
प्रहरीले घटनासम्बन्धी अनुसन्धान अघि बढाएको बताएको छ।