जनकपुर उच्च अदालतको वीरगञ्ज इजलासमा कार्यरत तीन न्यायाधीश, रजिष्टार र अरू कर्मचारी गरी २५ जनालाई कोरोना संक्रमण देखिएको छ।
न्यायाधीश सीताराम मण्डल, साधुराम सापकोटा, लेखनाथ पौडेल र आफूसहितको परीक्षण गर्दा आजै सबैमा कोरोना संक्रमण देखिएको रजिष्टार गजेन्द्र बहादुर सिंहले जानकारी दिए।
ठूलो संख्यामा संक्रमण देखिएकाले केही सेवाबाहेक धेरैजसो सेवा कटौती गरेको पनि उनले बताए।
'हामीले अदालत बन्दै त गरेको छैनौं। धेरै सेवा कटौती गरेका छौं। बन्दी, बयान, म्याद, थुनछेकजस्ता मुद्दा र निवेदनमात्र हेर्ने व्यवस्था गरिएको छ,' उनले भने।