कोरोना संक्रमित एक महिलाको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ।
अस्पतालका अनुसार उर्लाबारी नगरपालिका-२ की ३६ वर्षीया ती महिलाको सोमबार दिउँसो मृत्यु भएको हो।
महिला आइतबार बिपी प्रतिष्ठानमा भर्ना भएकी छिन्। उच्च रक्तचाप र मधुमेहबाट पीडित ती महिलाले कोभिड-१९ विरूद्धको भ्याक्सिन लगाएकी थिइनन्।
महिलाको शव नियमानुसार व्यवस्थापन गरिएको सहप्रवक्ता डा. चुरामणि पोखरेलले बताए।