नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल मंगलबार नेपाल मेडिसिटी अस्पतालबाट डिस्चार्ज भएकी छन्।
कोभिड संक्रमणका कारण स्वास्थ्यमा समस्या देखा परेपछि उनी गत शुक्रबार अस्पताल भर्ना भएकी थिइन्।
उनको नियमित स्वास्थ्यजाँचमा संलग्न चिकित्सक वरिष्ठ नशारोग विशेषज्ञ डा.बाबुराम पोखरेलको नेतृत्वको स्वास्थ्य टोलीले उनको उपचार गरेको अस्पतालले जनाएको छ।
आइसियुमा उपचाररत् दाहालको पछिल्लो अवस्था सुधारोन्मुख रहेकाले उनलाई घरजाने सल्लाह दिइएको डा.पोखरेलले बताए।
यद्यपि, कोभिडको असर कम भए लगत्तै थप उपचारका लागि अस्पताल आउन सल्लाह दिइएको उनले जानकारी दिए।
अस्पतालका चिफ अफ क्लिनिकल सर्भिसेस एण्ड एजुकेसन डा.निलमणि उपाध्यायका अनुसार उत्कृष्ट प्रविधि, पूर्वाधार र जनशक्तिसहितको नेपाल मेडिसिटी अस्पतालले उनको उपचार गरेको र स्वास्थ्य स्थिति सुधार भएकाले मंगलबार डिस्चार्ज गरिएको बताए।
उनलाई स्वास्थ्यमा कुनै पनि प्रतिकुलता देखापरे तुरुन्तै अस्पतालमा सम्पर्क गर्न सल्लाह दिइएको समेत डा. उपाध्यायले बताए।