मोरङको बेलबारी बस्ने महिलालाई सुन्दरहरैंचा नगरपालिका-४ बलियास्थित श्रेष्ठ होटल एण्ड फेमिलीमा जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा होटल सञ्चालक ३५ वर्षीय अर्जुनकुमार श्रेष्ठ, २५ वर्षीय सुरज श्रेष्ठ र झापा मेचीनगर-३ का २५ वर्षीय सुन्धान्सु दर्जी रहेका छन्।
उनीहरूले गत ७ गते बेलुका साढे ५ बजे महिला इटहरीबाट घर फर्कने क्रममा गछिया खोलाको पुल नजिकबाट घर पुर्याइदिने दिन्दै गाडीमा चढाएर उक्त होटलमा पुर्याएका थिए।
प्रहरीका अनुसार त्यहाँ लगेपछि उनीमाथि सामूहिक बलात्कार भएको थियो। गत ८ गते सो घटनाको जानकारी पाएको इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले तत्काल होटल सञ्चालक अर्जुनकुमार र सुरजलाई नियन्त्रणमा लिएको थियो।
फरार रहेका दर्जीलाई भने ११ गते इलाम सुर्योदय नगरपालिका-१२ तीनघरेमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
तीनै जनालाई जबरजस्ती करणी मुद्दामा कानुनी कारबाही अगाडी बढाइएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।