मकवानपुरमा पिकअप भ्यान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
इन्द्रसरोवर गाउँपालिका-२ सिमखोलामा ना ४ च २३१५ नम्बरको पिकअप भ्यान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरूङले जानकारी दिए।
शनिबार साँझ ५ हेटौडाबाट काठमाडौं आउँदै गरेको ‘सेफ’ लोड गरिएको भ्यान पुलको भित्तामा ठोक्किँदा दुर्घटनामा परेको हो।
सो भ्यानमा चालकसहित आठ जना सवार थिए। घाइते पाँच जनालाई उपचारको लागि जिल्ला अस्पतालमा लगिएको थियो। एक जनालाई चुरेहिल अस्पताल र दुई जनालाई काठमाडौंको ट्रमा सेन्टरमा रिफर गरिएको थियो।
घाइतेमध्ये तीन जनाको मकवानपुरमा र एक जनाको ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरी उपरीक्षक गुरूङले बताए।
मृतकहरूको पहिचान खुलिसकेको छैन।
प्रारम्भीक अनुसन्धानमा गाडी अनियन्त्रित भएर दुर्घटनामा परेको देखिएको प्रहरी उपरीक्षक गुरूङले बताए।