पछिल्लो २४ घन्टामा देशभर थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १६ जनामा संक्रमण पुष्टि भएको हो।
२ हजार ९२० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।
१ हजार ९९८ जनाको पिसिआर र ९ सय २२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
यस्तै, अहिले देशभर १३३ सक्रिय संक्रमित छन्। ११ जना निको समेत भएका छन्।
पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।