६३ लाख ६५ हजार जरिवाना पाएका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रामेछाप घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका-१ बस्ने ३२ वर्षीय रामचन्द्र थापा मगरलाई पक्राउ गरेको हो।
उनलाई आइतबार पक्राउ गरेको प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए।
उनलाई बैंकिङ कसुर मुद्दामा जम्मा ६३ लाख ६५ हजार ५ सय रुपैयाँ जरिवाना, ६ दिन कैद र दुई लाख ५४ हजार ८ सय रुपैयाँ क्षतिपूर्ति तिराउन ठहर भएको थियो।
त्यसअनुसार जरिवाना, कैद र क्षतिपूर्ति नतिरी फरार रहेका थापा मगरलाई कार्यालयको टोलीले काठमाडौंको तार्केश्वर नगरपालिका-४ शेषमतिबाट पक्राउ गरेको हो।
सजाय कार्यान्वयन गराउन उनलाई सोमबार ललितपुर जिल्ला अदालत लगनखेलमा पठाइएको प्रहरीले जनाएको छ।