त्रिचन्द्र क्याम्पसलाई प्रबलीकरणको माग गर्दै विद्यार्थीहरूले आन्दोलन गर्दै आएका छन्।
वि.सं १९७५ सालमा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमसेरले निर्माण गरेको यो क्याम्पसलाई पुनर्निर्माण नभई पुरानै शैलीमा प्रबलीकरण गर्न उनीहरूको माग छ।
सरकारले यसै वर्षदेखि क्याम्पस भवन पुनर्निर्माण गर्ने जनाएको छ।
यो क्याम्पस सय वर्षभन्दा पुरानो हो। प्राचीन स्मारक ऐनले सय वर्ष कटेका संरचनालाई इतिहास मान्छ। सम्पदा संरक्षणकर्मी एवं पुराना भवन संरक्षण गर्दै आएका रवीन्द्र पुरी यो भवन प्रबलीकरण गरेर संरक्षण गर्न सकिने बताउँछन्।
हाल भवन विभागले पुनःक्याम्पसको डिपिआर तयार गरेको छ। अर्थ मन्त्रालयबाट उक्त डिपिआर पारित भएपछि टेन्डर प्रक्रियामा जाने र बनाइने क्याम्पस उपप्रमुख बालकृष्ण पौडेलले बताए।
हेर्नुस् सेतोपाटीले तयार पारेको यो भिडिओः