चितवनको माडीमा धारिलो हतियारको प्रहार गरी एक महिलाको हत्या भएको छ।
माडी नगरपालिका-६ स्याउलीबासकी ५५ वर्षीया मायादेवी तामाङको सोमबार दिउँसो हत्या भएको हो।
प्रहरीले उनकै छोरा अर्जुन तामाङले पछाडिबाट धारिलो हतियार प्रहार गरेको आशंकामा अनुसन्धान भइरहेको बताएको छ।
उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घर नजिकै मकै बारीमा महिलाको हत्या गरिएको थियो।