सिराहामा बोक्सीको आरोपममा एक महिलालाई मलमूत्र खुवाउने दुई जना महिला पक्राउ परेका छन्।
गत असार ११ गते सिराहा भगवानपुर गाउँपालिका वडा नम्बर ४, ठाडी टोल बस्ने ६० वर्षीया महिलालाई टोलकै दुई महिलाले बोक्सी भन्दै मलमूत्र खुवाएका थिए।
प्रहरी चौकी ठाडी, सिराहाबाट खटिइएको प्रहरी टोली भगवानपुर- ४, ठाडीका ३० वर्षीया फूलोदेवी साह र ५५ वर्षीया कोशिला साहलाई पक्राउ गरेको हो।
उनीहरूलाई बोक्सी आरोप कसूरमा मुद्दा दर्ता गराई जिल्ला अदालत सिराहाबाट दिन सात म्याद थप भई इलाका प्रहरी कार्यालय लहान, सिराहाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।