कैलालीमा खोलामा डुबेर बुधबार एक बालक बेपत्ता भएका छन्।
धनगढी उपमहानगरपालिका–१९ जे गाउँका ११ वर्षीय निखिल विक खोलामा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ।
कैलारी गाउँपालिका–६ धर्मपुरस्थित मामाघर गएको बेला गौकन्द्री खोलामा पौडी खेल्नेक्रममा उनी डुबेर बेपत्ता भएका हुन्।
इलाका प्रहरी कार्यालय बहुलियाबाट खटेको प्रहरी टोलीले बेपत्ता बालककाे खोजीकार्य गरिरहेकाे छ।