पौडी खेल्ने क्रममा डुबेर दाङमा एक जना युवाको मृत्यु भएको छ।
घोराही उपमहानगरपालिका वडा नम्बर २ रामपुर बुका गाउँका २६ वर्षीय निराजन पोखरेलको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेका अनुसार साथीहरूसँग पौडी खेल्न गएका पोखरेलको डुबेर मृत्यु भएको हो।
अर्जुन खोला र मसोट खोलाको दोभानमा पोखरेलसहित तीन जना शनिबार पौडी खेल्न गएका थिए।
नुहाउने क्रममा डुबेर बेपत्ता भएका पोखरेलको शव खोंचमा अड्किएको अवस्थामा फेला परेको हो।
पोखरेल बेपत्ता भएलगत्तै सशस्त्र प्रहरीलगायतले खोजी गरेका थिए।