दाङमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
जिल्लाको दंगीशरण गाउँपालिकाका ५९ वर्षीय शालिकराम वलीको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए।
शनिबार बेलुका सात बजेतिर तुलसीपुर उपमहानगरपालिका-६ उच्चअदालत अगाडि दुर्घटना भएको हो। दक्षिणतर्फ जाँदै गरेको रा १ प ८६२३ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका वलीलाई ठक्कर दिएको थियो।
गम्भीर घाइते भएका वलीलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएको थियो। उनलाई थप उपचारका बाँके लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी उपरीक्षक मल्लले जानकारी दिए।
मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जानएको छ ।